धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका कुन जिल्लामा कति संक्रमित ?

धनगढी

      सुदूरपश्चिम प्रदेशमा शनिबार मात्रै दुई सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसंगै संक्रमितको जम्मा संख्या दुई हजार ७६ पुगेको छ ।

       शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेल्धुरामा सात, डोटीमा ६१ र  बझाङका आठ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

         जिल्लागत रुपमा हालसम्म कैलालीमा सवै भन्दा बढी संक्रमित देखिएका छन् भने दार्चुलामा सवै भन्दा कम जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार जिल्लागत रुपमा हाल सम्म सवैभन्दा बढी कैलालीमा ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको   छ ।  यस्तै दार्चुलामा हाल सम्म जम्मा १६ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

         निर्देशनालयको तथ्याङ्क अनुसार हाल सम्म अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जनामा कोराना संक्रमण पुष्टी भएको छ ।

   हाल सम्म सुदूरपश्चिमबाट २१ हजार १ सय ११ जनाको स्वाव संकलन भएकोमा १६ हजार ९ सय ३५ को मात्रै परिक्षण भएको   छ । परिक्षण भएका मध्य ९ हजार १ सय ४५ जनाको धनगढी प्रयोगशालामा र ७ हजार ६ सय ९४ जनाको स्वाव परिक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काण्माण्डौंमा गरिएको छ । सुदूरपश्चिममा आरडिटी र पिसिआर गरी जम्मा १ लाख २९ हजार ४ सय ६९ जनाको स्वाव संकलन गरिएको    छ ।