धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

धनगढी । भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा आमा छोरीको मृत्यु भएकोछ । रोल्पा नगरपालिका९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।

रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।