धनगढी पोष्ट
आइतबार, १४ असार २०७७ मा प्रकाशित
धनगढी,
कैलारी गाउँपालिकामा ११ बर्षिया बालिकालाई बलात्कार गरेका आरोपमा २९ बर्षे युवक पक्राउ परेका छन् ।
कैलारी गाउँपालिका– २ बस्ने ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २९ बर्षे दिपेन्द्र चौधरीलाई पक्राउ गरी छानविन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रबक्ता प्रतिक विष्टका अनुसार बालिकाका पक्षका आफन्तको जाहेरीका आधारमा युवकलाई पक्राउ गरी छानविन अगाडी बढाइएको हो ।