धनगढी पोष्ट
बुधबार, १३ असोज २०७८ मा प्रकाशित
धनगढी । त्रिनगर प्रहरी चौकीले भन्सार छलि गरेर ल्याएका करिव २ लाख मुल्य बराबरको कपडा बरामद गरेर गरेको छ । बरामद सामाग्री बुधबार त्रिनगर भन्सार कार्यालयमा बुझाइएको त्रिनगर प्रहरी चौकिका इन्चार्ज प्रहरी नायव निरिक्षक रमेश शाहीले बताए । उनका अनुसार प्रहरी चेकिङ, गस्ती र प्रहरी अनुसन्धानका क्रममा भन्सार छलि गरेर विभिन्न मितिमा ल्याइएका साडी, सुटपिस लगायततका सामाग्री बरामद गरिएका थिए । पछिललो पटक त्रिनगर प्रहरी चौकिले गस्ति बढाउँदा अवैधरुमा नेपाल भित्रिने सामाग्री नियन्त्रण गर्ने क्रम बढेको छ ।