धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

हरिपृया–प्रकाश फाउन्डेसनद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सौन्दर्य सामग्री प्रदान

हरिपृया–प्रकाश फाउन्डेसनद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सौन्दर्य सामग्री प्रदान

धनगढी

 हरिपृयाप्रकाश फाउन्डेसनले धनगढीमा कार्यरत  सञ्चारकर्मीलाई अषाढ १५ को पुर्ब सन्ध्यामा आईतबार धनगढीमा स्वास्थ्य सौन्दर्य सामग्री प्रदान गरेको छ ।

     नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवनमा स्वास्थ र सौन्दर्य सामाग्री फाउण्डेसनका संचालक एकं युवा नेता क्षितिज भण्डारीले बितरण गरेका हुन् । 

     पत्रकार महासंघका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरोनामा ज्यानको जोखिम मोलेर पनि फ्रन्टलाईनमा काम गरिरहेका ८ सञ्चारकर्मीलाई पिपिई, फेस सिल्ड, सेनेटाईजर सहित विशेष सम्मान गरिएको युवा नेता क्षितिज भण्डारीले बताए ।

    हरिपृया फाउन्डेसनले १० हजार नागरिकको अनुहारमा मुस्कान ल्याउन स्वास्थ्य सामाग्री सहित सौन्दर्य सामाग्री र जुस राखेर मायाको कोसेली बितरण गर्दै आएको नेपाली काँग्रेस कैलालीका युवा नेता नृप सुनारले बताए ।

     फाउन्डेसनले कुनै आर्थिक संकलन नगरिकन सामाजिक सेवाभावले नेपाली तथा बिदेशी नागरिक, पत्रकार सहित १० हजार अनाथ, असाहय, बिपन्न, दलित अनि बिशेषत काठमाडौमा अडकिएका सुदुरपश्चिम र कर्णाली प्रदेशका वालवालिकालाई लाखौंको राहत बितरण गरेको जनाएको छ ।