धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सामाजिक सद्भाव कायम हुनेगरी दशै मनाउन मुख्यमन्त्री भट्टको अपिल

सामाजिक सद्भाव कायम हुनेगरी दशै मनाउन मुख्यमन्त्री भट्टको अपिल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विविधता रहेको समाजमा दशैं तिहार जस्ता चाडपर्वले एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने गरी मनाउन अपिल गरेका छन् ।

नेपालीहरुको महान पर्व बडा दशैं २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशबासीलाई सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै भट्टले शुभकामना सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक विविधताले भरिपुर्ण सुदूरपश्चिम प्रदेशबासीलाई दशैं तिहार जस्ता चाड पर्वले एकता र बन्धुत्वको सुत्र बाँध्न सहयोग गरोस् ।

यो वर्ष पनि कोभिड१९ का कारण चाडपर्व सहजरुपमा मनाउने अवस्था नरहेको भन्दै उनले सजकतासाथ स्वास्थ्यसम्बन्धिका सबै मापदण्ड अपनाएर चाडपर्वमा खुशियाली साँटासाँट गर्न अपील गरेका छन् ।