धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025
आज राष्ट्रिय धान दिवस

कोरोना कहरका कारण सुदूरपश्चिममा औपचारिक कार्यक्रम गरिएन

कोरोना कहरका कारण सुदूरपश्चिममा  औपचारिक कार्यक्रम गरिएन

धनगढी

    प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

     यस वर्ष कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेशमा भने कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ को पुर्ब सन्ध्यामा आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि कोरोना कहरका कारण यस बर्ष औपचारिक कार्यक्रम नगर्ने जानकारी दिएको छ ।

    ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने यस वर्षको धान दिवसको नारा रहेको छ मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले भने–‘कोरोना भाइरसको कहरका कारण विगतका वर्षहरुको जस्तो यस वर्ष औपचारिक कार्यक्रमको आयोजना भने गरिने छैन । सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न भएको छ । 

   असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।