धनगढी पोष्ट
बुधबार, २४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । सुदूरपशिचम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वको शुभकामना प्रदान गरेका छन् ।
शुभकामना प्रदान गर्दै मुख्यमन्त्री भट्टले देश प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरेणा मिलोस् भन्ने कामना समेत गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा बुधबार जारी शुभकामना सन्देशमा देश विदेमा रहेका सम्पूर्ण नेपालीलाई छठले भाइचारको सम्बन्ध प्रदान गरुन् भनि शुभकामना व्यक्त गरेका हुन् ।
साथै उनले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गरेका छन् ।