धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधिश पक्षका कानुन व्यवसायीबीच झडप

आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधिश पक्षका कानुन व्यवसायीबीच झडप

काठमाडौं । सर्वोच्च अदालतको गेटमा कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ । झडपमा क्रमा केहीलाई प्रहरीले  पक्राउ गरेको छ ।

आन्दोलनरत कानुन व्यवसायीहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी  बीच झडप भएको हो । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो ।

तर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने झडप नभएको र कसैलाई पनि पक्राउ नगरेको बताए ।

अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।