धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

धनगढी । कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर उनिहरुले गाली गलौच गरेका थिए ।

पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेका छन् । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले बताए । बस्नेतका अनुसार उनीहरुले कानून व्यवसायीहरुलाई गरेको अभद्र व्यवहारबारे बयान लिने काम जारी छ ।