धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी

     सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७७।२०७८ को नीति तथा शुक्रबार पारित भएको छ ।

   प्रदेशसभाको १० औं बैठकले आगामी आव ७७÷७८ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो । यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम पारित हुनु अघि मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसमाथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिए ।