धनगढी पोष्ट
मङ्गलबार, १६ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा आज १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियाित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका बिभिन्न प्रयोगशालामा गरि सुदूरपश्चिममा १ सय २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा अछामका ७ महिला र २० पुरुष गरि २७ जना, बाजुराका १ जना पुरुष, डडेल्धुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी बिर अस्पतालको प्रयोगशालामा अछामका १ महिला बैतडीका १ पुरुष, डोटीका १ महिला १४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आजै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा बाजुराका १६ महिला र ३२ पुरुष गरि ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा बैतडीका १ महिला र २ पुरुष गरि ३ जना, बाजुराका १ महिला र १ पुरुष गरि २ जना, डडेल्धुरा २ महिला, डोटीका १३ महिला र २ पुरुष गरि १५ जना र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ४ सय ८७ पुगेको छ ।