धनगढी पोष्ट
बुधबार, १७ असार २०७७ मा प्रकाशित
धनगढी
हरिपृया-प्रकाश फाउन्डेसनले धनगढी उपमहानगरपालिकाका मेयर नृप वड माफर्त धनगढीमा रहेको कोरोना अस्पतालमा माग बमोजिमको राहत सहयेग गरेको छ ।
मेयर वड मार्फत प्रेसर कुकर, चाईनिज मास्क, डाबरको जुस, फिनल्यान्डको सेनेटाईजर सहित सबै बिरामीलाई पुग्नेगरि साबुन, मन्जन, तेल, सर्फ, पाउरोटी, फलफुल, छाताहरु लगायत राहत दिईएको छ । यो राहत सामग्री भण्डारी परिवार मार्फत कुनै चन्दा संकलन नगरेर बितरण गरिएकोप्रति प्रमुख अतिथी मेयर वडले धन्यवाद दिदै सबैलाई सेवाको पुण्य कार्य गर्न आव्हान गरेका छन् ।
मेयर वडले महिला नेत्री एवं साहित्यकार स्वर्गीय हरिपृया भण्डारी आफ्नो राजनीतिक अभिवाहक समेत रहेको बताउदै गत बर्ष बाढीपहिरो जादा कैलाली कांग्रेस र रेडक्रस मार्फत फाउन्डेसनले ४ लाखको टेन्ट बितरण गरेको सम्झना गर्दै नेतृ भण्डारीको स्मृतिमा बर्षेनि देशभर गरिने लाखौंको सहयोग र मायाको कोसेली बितरण कार्यले नगरवासी लाभान्वित भैरहेको बताए ।
मेयर वडकै बिशेष पहलकदमीमा निर्मित कोरोना अस्पताल मै राहत बितरण कार्यक्रम गर्दै बिरामीलाई मनोबैज्ञानिक डर हटाउदै खुशी रहन फाउन्डेसनले काउन्सिलिङ् समेत गरेको युवानेता क्षितिज भण्डारी बताए ।