धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

पत्रकार खड्काको मृत्युको पुष्टि

पत्रकार खड्काको मृत्युको पुष्टि
तेजु खड्का

डोटी

  करिब एक बर्ष अघि  बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिर्पोटिङ तथा दर्शन गरेर फर्किने क्रममा वेपत्ता भएका तेजु खड्काको  मृत्युको पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा गत मंगलवार  गरिएको  डिएनए परिक्षणमा सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    २०७५ भाद्र ९ गते बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिर्पोटिङ तथा दर्शन गरेर फर्किने क्रममा खड्का बेपत्ता भएका थिए ।  त्यसपछि २०७६ मंसिर उनको झोलासंगै पर्स र कंगाल भेटिएको थियो । उक्त कंगाल नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षण गर्दा मंगलवार सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रेस युनियन डोटी शाखाले घटनाको अध्ययन तथा प्रकृतिका आधारमा तुज खडेका बेपत्ताको घटनाको अनुसन्धन गरिनु पर्ने माग गरेको  छ ।  रिपोर्टिङमा हिडेका पत्रकार यसरि वेपत्ता हुनु, वषौं पछि कंगाल भेटिनु तथा कंगालसंगै फेला परेका केही सामाग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिदा घटनाप्रति गहिरो छानबिन हुनुपर्ने आवश्यकता खड्किएको छ युनियन डोटीका सभापति प्रकाश बमद्धरा हस्ताक्षरित   बिज्ञप्तिमा माग गरिएको छ ।