धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कञ्चनपुरमा सर्पको टोकाइबाट बालकको मृत्यु

धनगढी

    कञ्चनपुरमा सर्पको टोकाईबाट एक वालकको मृत्यु भएको   छ । भीमदत्त नगरपालिका वडा नम्वर १६ का १४ बर्षिय वालकको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

    बुधबार बिहान  सर्पले टोकेपछि बेहोस भएका पर्वत गिरीलाई उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो । उनको अबस्था गम्भिर रहेकाले आइसियुमा राख्नुपर्ने भएपछि सेती प्रादेशीक अस्पताल धनगढी रिफर गरिएको थियो ।

     महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले अस्पतालमा भेन्टिलेटर नभएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको बताए ।  महाकालीबाट सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भएको हो ।