धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
एसओएस बालग्रामको सामाजिक परिक्षण

एसओएस बालग्राम सुदुरपश्चिमकै  उत्कृष्ठ बालग्राम

एसओएस बालग्राम सुदुरपश्चिमकै  उत्कृष्ठ बालग्राम

धनगढी एसओएस बालग्राम धनगढीको सामाजिक  परिक्षण शुक्रबार सम्पन्न भएको कोभिड १९ को अप्ठेरो बेलामा पनि एसओएस बालग्रामले  उल्लेख्य  कार्य गरेको सो अवसरमा सरोकारवालाहरुले बताए

 कोभिडको प्रतिकुल अवस्थामा पनि दश जना बालबालिकाहरुलाई बालग्रामले नयाँ लिएको पुर्ण पारिवारिक वातावरणमा सँचालन गरेको सामाजिक परिक्षक लेखनाथ ओझाले बताए

बालग्रामका सबै सेवाग्राहीहरु पुर्ण सन्तुष्ट पाइएका छन् ओझाले भने  बालगृहमा रहेका रहेका मात्र हैन, आपन्तद्धारा हेरचाह परिवार सबलीकरण कार्यक्रका सेवाग्रहीहरु सन्तुष्टि पाइएका छन्

 सन् २०१५ मा धनगढी उपमहानगरपालिकाको मोहनपुरमा स्थापना भएको बालग्रामले परिवार जस्तै स्याहार कार्यक्रममा शय १६ बालबालिका आधारभुभ शिक्षा उत्तीर्ण गरेका १४ बर्ष उमेर पुगेका दश जना बालबालिकाहरु युवाग्राममा रहेका छन्    

 घोडाघोडी नगरपालिकामा सँचालनममा रहेको परिवार सबलीकरण कार्यक्रममा परिवारका सदस्यहरुलाई आय आर्जनका क्रियाकलापमा जोडेर बालबालिकाहरुलाई शिक्षामा अग्रसर गराउने काम  धनगढीमा आफन्तद्धारा हेरचाह कार्यक्रम सँचालन गरिरहेको

 बालग्रामले आमाहरुको लागि पोषण गुणस्तरिय स्याहार सम्वन्धी तालिम दिएर बालबालिकाका लागि सहज हुने काम गरेको ओझाले बताए

 परिवार सबलीकरण कार्यक्रमबाट एक जना होटल मेनेजमेन्ट अध्ययन गरेर दुबइ जाने तयारीमा रहेको ओझाले बताए सुदुरपश्चिममै उत्कृष्ठ बालगृहको रुपमा एसओएस रहेको भन्दै ओझाले बिदेशी चन्दादाता घट्दो क्रमा रहेका स्वदेशी सहयोग  निकै कम रहेकोले यसको टिकाउपनका बारेमा अहिले नै सोचिनु पर्ने ओझाले बताए

कैलाली मोडेल माध्यमिका बिद्यालयका प्राचार्य तपेन्द्र बहादुर सिंहले बालग्राममा  बालबालिका स्याहारको कार्य उत्कृष्ट रहेकोले आफ्ना बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई बालग्रामममा सिकाइको लागि ल्याउने गरेको बताए

 धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर ओडले एसओएस बालग्रामले उत्कृष्ठ काम गरिरहेकोले यसलाई अझै बढाएर लैजानु पर्ने बताए बालग्राम हाम्रो प्रदेशको लागि नै उत्कृष्ट त्यसैले यसलाई जतिसक्दो अझै व्यवस्थित बनाएर लैजानु पर्छ   मेयर ओडले  भने  सुदुरपश्चिम सरकारले यस बालग्रमको अपनत्व लिएर यसलाई सचालन भैराख्ने अवस्थाको निर्माण गरिनु पर्दछ

एसओएस बालग्रामका निर्देशक पदम हमालले बालग्रामले बालबालिकाहरुलार्य पारिवारिक वातावरणमा हुर्किन पाउनु पर्ने कुराको ख्याल गरेको भन्दै बालग्रामले गरेका कामका बारेमा निर्धक्कका साथ सल्लाह दिन आग्रह गरे

रमेश भण्डारीले सँचालन गरेको उक्त कार्यक्रममा कैलालीका जिल्ला न्यायाधिबक्ता राजेन्द्र सिंह भण्डारी, नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशीधनगढी नगर स्तरिय बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले मन्तव्य व्यक्त गरेका थिए   कार्यक्रमा बालग्रामका निर्देशक पदम हमालको अध्यक्षतामा भएको थियो

 नेपालमा सन् १९७० स्थापना भएको एसओएस बालग्राम सामाजिक सँस्था हो यसको दशौ बालग्रामको रुपमा धनगढीमा सन् २०१५ मा स्थापना भएको थियो