धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेती महाँकाली प्रवास सेवा समितिद्वारा कुवेतमा संगठन विस्तार

सेती महाँकाली प्रवास सेवा समितिद्वारा कुवेतमा संगठन विस्तार

धनगढी । सेती महाँकाली प्रवास सेवा समिति भारतले कुवेतमा पनि संगठन विस्तार गरेको छ ।

सेती महाँकाली प्रवास सेवा समितिका केन्द्रिय अध्यक्ष अम्मर विष्टका अनुसार कुवेतमा मञ्जु रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समिति चयन गरी संगठन विस्तार गरिएको हो । प्रवास सेवा समितिको उपाध्यक्षमा रामु, शान्ति थामी चयन भएका छन् ।

यसैगरी सचिवमा रमा पोख्रेल, कोषाध्यक्षमा अनु थापा चयन भएका छन् भने सदस्यहरुमा दिलमाया राई, रीता बिसंके, चन्द्रा राई, रुपा तामाङ र सानुमाया तामाङ चयन भएका अध्यक्ष विष्टले बताए ।