धनगढी पोष्ट
बुधबार, १७ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा आज थप दुई सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यसैगरि बिर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको छ ।
आज नै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा १ महिला र ४ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।