धनगढी पोष्ट
आइतबार, २५ पुष २०७८ मा प्रकाशित
काठमाडौं । लोपोन्मुख सोनाहा समुदायको संरक्षणको माग गर्दै नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, प्रतिनिधि सभा सदस्य सन्तकुमार चौधरी, संविधान सभा सदस्य हरि श्रीपाईली सहित प्रधामन्त्रीलाई भेटेकको संघर्ष समितिले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएपछि उनले सोनाहा समुदायप्रति सरकारले विशेष संरक्षण नीति बनाउने बताए ।
ज्ञापन पत्र बुझाउदै संघर्ष समितिका संयोजक बलबहादुर सोनाहाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्न पहल गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।