धनगढी पोष्ट
बुधबार, २८ पुष २०७८ मा प्रकाशित
धनगढी । किराना व्यवसायी संघ धनगढी कैलालीको चौथो साधारण सभा तथा अधिवेशन पुनः लक्ष्मण पन्तको अध्यक्षतामा नयाँ कायसमिति चयन गर्दै बुधबार धनगढीमा सम्पन्न भएको छ ।
पन्त किराना व्यवसायी संघको तेश्रो पटक अध्यक्ष भएका हुन् । संघको स्थापना २०७२ मा भएको हो ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष मीन बहादुर कुवर, सचिव संगम पोखरेल, सहसचिव रमेश ढाट र कोषाध्यक्ष रामचन्द भट्ट रहेका छन् ।
त्यस्तै सदस्यमा टेक बहादुर खड्का, देवराज पाण्डेय, श्रीमती दुर्गा कुश्मी र परमानन्द भट्ट चयन भएका छन् । दुई सदस्य पछि मनोनयन गरिनेछन् ।
सो अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले किराना व्यवसायीहरुले आपसी हितका बिषयमा मिलेर अघि बढ्नु पर्ने बताए ।
उपभोक्तालाई हित हुने गरी गुणस्तरमा पनि किराना व्यवसायीले ध्यान दिनु पर्ने अध्यक्ष कुवरले बताए ।
सघका अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका अधिकृत मेनश श्रेष्ठ, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख ललित प्रसाद पन्त, नेपाल पत्रकार महासँघ कैलालीका अध्यक्ष हिमाल जोशी, कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले मन्तव्य व्यक्त गरेका थिए । सचिव संगम पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य मोहन कापडीले व्यक्त गरेका थिए ।