धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा कोठाभित्रै सर्पले टोक्दा एक युवतीको मुत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ९ की ३५ बर्षीय सम्पतुदेवी रानाको सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले साँझ ६ बजे कोठाभित्रको बत्ति बाल्ने क्रममा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याईएको र उपचारका क्रममा राति साढे एक बजे उनको मृत्यु भएको बताए ।
बुधबार मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ का १४ बर्षिय वालकको पनि सर्पको टोकाईबाट मृत्यु भएको थियो ।
बुधबार बिहान सर्पले टोकेपछि बेहोस भएका पर्वत गिरीलाई उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो । उनको अबस्था गम्भिर रहेकाले आइसियुमा राख्नुपर्ने भएपछि सेती प्रादेशीक अस्पताल धनगढी रिफर गरिएको थियो । महाकालीबाट सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।