धनगढी पोष्ट
शुक्रबार, ३० पुष २०७८ मा प्रकाशित
धनगढी । डेढ करोडको लगानीमा धनगढीको चटकपुरमा भोलि (शनिबार) देखि साथी मार्टको फ्रेन्चाइजी सञ्चालनमा आउने भएको छ । साथी मार्टको फ्रेन्चाइजी रहेको उक्त मार्टमा दैनिक उपभोग्यका सबै बस्तुहरु उपलव्ध हुनेछन् ।
एकै ठाउमा उपभोक्ताका आवश्यकताका सबै बस्तुहरु उपलव्ध गराउने उदेश्यले मार्ट सञ्चालनमा ल्याउन लागेको मार्टका सँचालक प्रकाश शाहले बताए । ‘उपभोक्ताले आफना दैनिक आवश्यकताका सबै बस्तुहरु एकै ठाउमा ह पाउनु हुनेछ ।’ शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा साथीमार्टका सुदुरपश्चिम प्रमुख एवम चटकपुरमा सँचालन गर्न लागिएको मार्टका सञ्चालक शाहले भने ‘उपभोक्ताहरुलाई गुणस्तरिय बस्तुहरु सहज मुल्यमा दिनछौं ।’
साथीमार्टले देशभरिका लागि मार्टहरुका लागि आवश्यक बस्तुहरु कम्पनीबाट सिधै खरिद गरेर आफ्ना मार्टहरु मार्फत बिक्री गर्ने भएकोले बजारको भन्दा केही सस्तोमा उपभोक्ताहरुलाई बस्तुहरु उपलव्ध गराउने शाहले बताए ।
शाहका अनुसार साथीमार्टले २० प्रतिशत आफ्नै उत्पादनहरुे र बाकी सामानहरु सिधै कम्पनीबाट खरिद गरेर बिक्री गर्ने गरेको छ ।
सुदुरपश्चिममा अहिलेसम्म धनगढीको चौराह, उत्तरबेहडीमा र दार्चुलामा साथीमार्टका फ्रेन्चाइजीहरु रहेका छन् ।
एक बर्षभित्र देशभरि २ शय फ्रेन्चाइजी पुरयाउने र सुदुरपश्चिममा २५ फ्रेन्चाइजी पुरयाउने लक्ष्य रहेको शाहले बताए । साथीमार्टका अहिलेसम्म देशभरि ८९ फ्रेन्चाइजी रहेका छन् ।