धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीको चटकपुरमा साथीमार्ट सञ्चालनमा

धनगढीको चटकपुरमा साथीमार्ट सञ्चालनमा

धनगढी    धनगढीको चटकपुरमा साथी मार्ट शुक्रवारदेखि सञ्चालनमा आएको साथी मार्टको फ्रेन्चाइजी रहेको उक्त मार्टमा दैनिक उपभोग्यका सबै  बस्तुहरु उपलव्ध हुनेछन्

सुदुरपश्चिमको उद्योग, पयैटन, बन तथा वातावरण मन्त्री मान बहादुर धामीले मार्टको उद्घाटन गरेका छन्

एकै ठाउमा उपभोक्ताका आवश्यकताका सबै बस्तुहरु उपलव्ध गराउने उदेश्यले  मार्ट सञ्चालनमा ल्याउन लागेको मार्टका सँचालक प्रकाश शाहले बताए उपभोक्ताले आफना दैनिक आवश्यकताका सबै बस्तुहरु एकै ठाउमा पाउनु हुनेछ साथीमार्टका सुदुरपश्चिम प्रमुख एवम चटकपुरमा सँचालित मार्टका सञ्चालक शाहले भनेउपभोक्ताहरुलाई गुणस्तरिय बस्तुहरु सहज मुल्यमा दिनेछौं

साथीमार्टले देशभरिका लागि मार्टहरुका लागि आवश्यक बस्तुहरु कम्पनीबाट सिधै खरिद गरेर आफ्ना मार्टहरु मार्फत बिक्री गर्ने भएकोले बजारको भन्दा केही सस्तोमा उपभोक्ताहरुलाई बस्तुहरु उपलव्ध गराउने शाहले बताए

शाहका अनुसार साथीमार्टले २० प्रतिशत आफ्नै उत्पादनहरुे बाकी सामानहरु सिधै कम्पनीबाट खरिद गरेर बिक्री गर्ने गरेको  

सुदुरपश्चिममा अहिलेसम्म धनगढीको चौराह, उत्तरबेहडीमा दार्चुलामा साथीमार्टका फ्रेन्चाइजीहरु  रहेका छन्

एक बर्षभित्र  देशभरि शय आउटलेट पुरयाउने सुदुरपश्चिममा  २५ आउटलेट पुरयाउने लक्ष्य रहेको शाहले बताए साथीमार्टका अहिलेसम्म देशभरि ८९ आउटलेट  रहेका छन्