धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख

धनगढी । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्याङ्क विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक शुन्य दशमलव ९३ प्रतिशत जनसंख्या वृद्धिदर छ ।

अघिल्लोपटक नेपालमा जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी रहेको थियो । जनघनत्व १ सय ९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ ।