धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

बृद्धभत्ताको रकमबाट पौडेलले गरे गौशाला निर्माण

बृद्धभत्ताको रकमबाट पौडेलले गरे गौशाला निर्माण
बृद्धभत्ताबाट निर्माण गरिएको गौशालामा पौडल परिवार

धनगढी बृद्धभत्ता बापत पाएको रकमबाट समाजसेवी महेश्वर पौडेलले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर वडा नम्बर को बीचमा रहेको गौरीगंगा धाममा  गौशाला निर्माण गरेका छन्

चार वर्षको आफ्नो  बद्धभता आफ्नो परिवारका दाजु  भतिजाहरूको गरि करिव लाख ५० हजार सामुदायिक वनकको काठ सहयोगमा पौडेलले गौशाला निर्माण गरेका हुन्

टाढा गएर तिर्थ व्रत गर्नु भन्दा नजिकमा रहेका गाइलाई सहज वासस्थानको व्यवस्थापनका लागि गौरिगगा गोलोकधाम तिर्थस्थल घाषणा गरिएको पौडेलले बताए

१६ फिट चौडाई ५५ फिट लामो उक्त गौसालामा शय ५०  जति छोडुवा गाईहरू रहेका छन्   सो गौसालामा जना हेरालु चौकिदार गाइलाइ नियमित नुन दिने व्यवस्ता मिलाइएको  

गौरीगंगा नगरपालिका राजीपुरका पौडेलले केही बर्ष अघि प्युठानको स्वर्गदारी मन्दिरमा  गौशाला निर्माणका लागि  अक्षय कोष  स्थापना गर्न ७५ हजार सहयोग गरेका थिए

 समाजसेवामा रुचि राख्ने पौडेलले चाड पर्वका बेलामा छोराछोरीहरुले दिएको खर्च जोगाएर राख्ने सामाजिक काममा खर्च गर्ने गरेको पौडेलका छोरा एवम गौरीगंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमानन्द पौडेलले बताए