धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा १ सय ८२ सहित सुदूरपश्चिममा एकै दिन ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कैलालीमा मात्र १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कैलालीका ४० महिला र १ सय २५ पुरुष गरि १ सय ६५ जना र सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा १७ जना गरि १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका ५ महिला र २६ पुरुष गरि ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरि ३५ जना, डोटीमा १० महिला र ४८ पुरुष गरि ५८ जना र कंचनपुरमा ६ महिला र २५ पुरुष गरि ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज नै सेती प्रादेशीक अस्पताल धजगढीको प्रयोगशालामा भएको परिक्षणमा २६ जनामा कोरोना संत्रफमण पुष्टि भएको छ ।