धनगढी पोष्ट
बुधबार, १९ माघ २०७८ मा प्रकाशित
धनगढी । कैलालीको चुरे गाउँपालिका स्थित एक बाख्रा फर्ममा आगलागी हुँदा खोरमा रहेका २४ बाख्रा मरेका छन् ।
प्रहरीका अनुसार चुरे गाउँपालिका–१ नक्कु स्थित भगवती बाख्रा फर्ममा गएराति आगलागी हुँदा फर्ममा रहेका २४ वटा खशी–बोका मरेका छन्, भने ६ वटा खशी–बोका तथा बाख्रा घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक वेदप्रकाश जोशीका अनुसार बाख्राको कच्चि घरमा भन्साबाट आगो सल्किएको हो । आगलागीबाट बरिव ३० लाखको क्षेति भएको फर्मका सञ्चालक पर्शुराम साप्कोटाले बताएका छन् ।
उनका अनुसार आगलागीका कारण बाख्रासँगै नगद, लत्ताकपडा र नागरिकता समेत जलेर नष्ट भएको छ ।