धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
काठमाडौं
गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ ।
इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टका अनुसार एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् । अध्यक्ष विष्टका अनुसार गए रातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् ।
उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले बताए । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ ।