धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ महिलामाथि दुब्र्यबहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिए । वडा नम्वर ९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।
बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाअध्यक्षले राती उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोप लागेको हो ।
वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै स्थानीय महिलामाथि दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ ।