धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा आज थपिए ३९ जना संक्रमित

धनगढी

     पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा आज भएको पर ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

     आज थपिएकामा कैलालीको गोदावरी नगरपालिकाका १० जना, कैलालीकै चुरे गाउँपालिकाका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीन जना र अछाम मंगलसेनका दुईजना रहेका छन् ।

    यसैगरी बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छबिस पाथिभेरा, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकाका एक÷एक जनामा पनि आज कोरोना पुष्टि भएको छ ।