धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
नारी  दिवसमा वेष्टर्न क्रिष्टकल एकेडेमीद्धारा  बक्तृत्वकला प्रतियोगिता आयोजना

बक्तृत्वकलामा हिमाल एकेडेमीकी  निलम पाण्डेय प्रथम

बक्तृत्वकलामा हिमाल एकेडेमीकी  निलम पाण्डेय प्रथम

धनगढी । वेष्टर्न क्रिष्टकल एकेडेमीद्धारा ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा मंगलबार आयोजित अन्तर बिद्यालय छात्रा  बक्तृत्वकला प्रतियोगितामा हिमाल एकेडेमीकी  निलम पाण्डेय प्रथम भएकी छिन्

लैङ्गिकमैत्री वातावरणका लागि  घर, परिवार, बिद्यालय सरकारको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा पाण्डेय प्रथम भएकी हुन्

प्रतियोगितामा वेष्टर्न क्रिष्टल एकेडेमीकी  श्रेया भट्टले द्धितीय, मयुर बोर्डिङ्ग स्कुलकी रन्जना बोहराले तृतीय   ग्ली एकेडेमीकी  चादनी जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन्

 बिजयी प्रतियोगीहरुलाई सेती प्रादेशिक अस्पतालकी पुर्व अध्यक्ष रित भण्डारी बमजनकल्याण इङ्गलिश बोर्डिङ्ग  स्कुलका संस्थापक÷प्रिन्सिपल योगेन्द्र हमाल, मानव अधिकार एलायन्सका सुदुरपश्चिम प्रमुख डिल्लीराज जोशी   हिमाल एकेडेमीकी शिक्षिका लक्ष्मी पन्तले पुरस्कार प्रमाणपत्र बितरण गरेका थिए


सो अवसरमा प्रमुख अतिथि बमले पुरुष महिलाको सहअस्तित्वको  भावनाको बिकास गर्नु अहिलेको आवश्यकता रहेको बताइन् लैंङ्गिक मैत्री वातावरण निर्माणमा पुरुषहरुको पनि भुमिका रहने बताउँदै भण्डारी बमले महिलाहरुले निरन्तर प्रयासरत रहनु पर्ने बताइन्

वेष्टर्न क्रिष्टल एकेडेमीकी प्रिन्सिपल एवम निजी तथा आवासीय बिद्यालय संगठन नेपाल (प्याब्सन) की केन्द्रिय सदस्य निर्मला कुवरले महिलाहरुको क्षमता बिकास गरेर खुलाउन समाजमा संवाद गर्न सक्ने बनाउन सहयोग पुगोस् भनेर बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताइन्

 महिलाहरुले अघि बढन पुरुषहरुबाट असल भुमिको अपेक्षा मात्र नगरेर आफुलाइ सक्षम बनाउनु पर्ने समेत प्रिन्सिपल कुवरले बताएन्

नेकपा एमाले कैलालीका सदस्य डिल्लीराज जोशीले  लैङ्गिक बिभेद रहित समाजको निर्माणमा अझै थप बहशको आवश्यकता रहेको बताए