धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिम प्रदेशमा थप ४ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल, सेती प्रादेशीक अस्पतालको प्रयोगशाला लगायत देशका अन्य प्रयोगशालामा गरि एकै दिन ४ सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।
पाटन अस्पतालको प्रयोगशालामा ६ महिला र ६० पुरुष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ । जसमा बैतडीका चार महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका एक महिला र ८ पुरुष गरी नौँ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालले जनाएको छ ।
त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशालामा अछामका नौँ महिला र ३७ पुरुष गरी ४६ जना, डडेल्ःधुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका एक महिला र पाँच पुरुष गरी ६ जना, कैलालीका एक महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २० महिला र ९० पुरुष गरी एक सय १० जना, बैतडीका चार पुरुष, बझाङका तीन महिला र १० पुरुष गरी १३ जना, डोटीका तीन महिला र ८ पुरुष गरी ११ जना, कैलालीका दुई महिला र पाँच पुरुष गरी सात जना र कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको छ ।