धनगढी पोष्ट
बिहिबार, १० चैत २०७८ मा प्रकाशित
धनगढी । निजी तथा आवासीय बिद्यालयल संगठन नेपाल (प्याब्सन) को केन्द्रिय सदस्यमा धनगढीकी निर्मला खड्का कुवर निर्वाचित भएकी छन् ।
प्याब्सनको बिहीवार काठमाण्डौमा सम्पन्न १५ औं राष्टिय महाधिवेशनबाट कुवर केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । कुवर यसअघि पनि प्याब्सनको केन्द्रिय सदस्य थिइन् ।
महाधिवेशनबाट प्याब्सनको उपाध्यक्ष (खुला) जगबीर थापा, केन्द्रिय उपाध्यक्ष (भुगोल) सुरेन्द्र राज ओझा, केन्द्रिय सदस्यमा सी बी चन्द, डिल्लीराम बोहरा र प्रेम सिंह पुजारा निर्वाचित भएका छन् ।