धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
धनगढी
बझाङमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागडा प्रावि क्यारेन्टाईनमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन् ।
खप्तड छान्ना गाउँपालिकामा प्रबक्ता एबं वडा नंम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले वडा नंम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेको बताए । प्रबक्ता सिंहका अनुसार जेठ १९ गते भारत वाट आएका ति युवक क्यारेन्टाइममा बस्दै आएका थिए ।
त्यस क्वारेन्टाईनमा रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गरिएको थियो’ प्रबक्ता सिंहले भने– पिसीआर गर्दा अन्यको रिपोट नेगेटीभ आयो ति युवकको मात्र पोजेटिभ आएको थियो ।’