धनगढी पोष्ट
शनिबार, २० असार २०७७ मा प्रकाशित
धनगढी
बझाङमा पहिरोमा ११ घर पुरिएका छन् । केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा ११ घर पुरिएको प्रारम्भिक अनुमान छ ।
गए राती वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका ११ घर बगाएको प्रारम्भिक खबर आएको बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए । उनले पहिरोमा परि केही बेपत्ता भएको खबर आएको तर एकिन बिवरण भने आईनसकेको बताए ।
राती घरमा सबै सुतेको वेला पहिरो आएकाले क्षति अलि बढी नै भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी प्रमुख डिएसपी बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए ।