धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

स्टोन ब्रिज अब चैतन्य पाठशाला

स्टोन ब्रिज अब चैतन्य पाठशाला

धनगढी । धनगढीको स्टोनब्रिज इङ्गलि बोर्डिङ स्कुल नयाँ ब्यवस्थापनका साथ चैतन्य पाठशालाको रुपमा  सञ्चालनमा आउने भएको छ । आगामी शैक्षिक शत्रदेखि अझ व्यवस्थित रुपमा सँचालनमा आउन अहिले व्यवस्थापकीयक काम चैतन्य पाठशालाले शुरु गरेको छ ।

काठमाण्डौमा शैक्षिक कार्यक्रमहरुको व्यवस्थापन गर्दै आएको टीमले बीस बर्षे शैक्षिक यात्रा पुरा गरेको स्टोन ब्रिजलाई चैतन्य पाठशालाको रुपमा सञ्चालन गर्न लागेको हो । चैतन्य पाठशालालाई शिक्षा, संस्कार र संस्कृतिका कुरामा जोड दिंदै सञ्चालन गर्न लागिएको चैतन्य पाठशालाका निर्देशक हरि जोशीले बताए ।

अभिभावकलाई शिक्षासँग जोड्न चैतन्य पाठशालाले चैतन्वय संवादको थालनी गरेको छ । चैतन्य पाठशालाको नियमित अभियान चैतन्य  संवादको दोश्रो सृङखलाको रुपमा शनिबार शिक्षा, संस्कार र संस्कृतिका कुरा बिषयक संवाद कार्यक्रम शनिबार धनगढीमा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा लेखक, शिक्षाबिद एवम प्रेरक व्यक्तित्व आचार्य लक्ष्मण भण्डारीले असल अभिभावकको नानाी बाबुप्रतिको दायित्व, बालबालिकामा पठक संस्कृतिको बिकास कसरी गर्ने लगायतका बिषयमा संवाद गरेका थिए । आदर्श विद्यार्थी एवम जिम्मेवार नागरिक बन्न बालबालिकालाई आवश्यक पर्ने घरायसी वातावरण, बालबालिकामा पठन संस्कृतिको विकास गर्न अपनाउनु पर्ने भुमिका, असल अभिभावकको विद्यालयप्रतिको दायित्व र मर्यादा लगायतका बिषयमा भण्डारीले संवाद गरेका  थिए ।

चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले  पूर्वीय अध्यात्मिक परम्परा र शिक्षाको व्यवहारिक दर्शनमा आधारित सैद्धान्तिक जगमा उभिएर एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधार, स्रोतसाधन र जनशक्तिको उपलब्धता र योजनाका चैतन्य पाठशाला अघि बढने बताए ।

हरेक सिकारुका लागि ज्ञान स्कुल हाताभन्दा बाहिर प्रकृतिमा, खेतमा,  बजारमा, सडकमा, गाउँमा, पर्व, उत्सव आदिमा बढी छ भन्ने कुरामा आफुहरु सचेत सचेत रहेको उल्लेख गर्दै जोशीले लक्ष्य हासिल गर्न विद्यालयले जोड दिने बताए ।

संस्कारयुक्त शिक्षित नागरिक निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको उल्लेख गर्दै सधै संवादका माध्यमबाट उपयुक्त वातावरणको निर्माण गरिने जोशीले बताए ।

शिक्षा निर्देशनालयका निर्देशक गणेश बहादुर सिंहले शिक्षालाई समयउपयोगी र संस्कृतिमैत्री बनाउन अहिले आवश्यक रहेको बताए । 

प्रधानाध्यापक उदय बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन निर्देशक हरि जोशीले गरेका थिए ।