धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एउटै घरमा बस्ने दुई युवतीको जंगलमा लास भेटियो

धनगढी, 
   धनगढी उपमहानगरपालिक– ७ बेली स्थित एउटै घरमा बस्ने दुई जना युवतिको जंगलमा शव फेला परेको छ । 
   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक विष्टका अनुसार मृत्य भेटिनेमा १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउत रहेका छन् । उनिहरु दुवै जना गोमा विककै घरमा बस्दै आएका थिए । 
   दुवै जनाको शव मुचुल्का सहित पोष्मार्टमका लागि पठाइएको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने देखिएको छ । तर विष सेवन गर्नुको कारण भने खुल्न नसकेको प्रबक्ता विष्टले  बताए ।