धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

ऐश्वर्यमा योग शिविर शुरु

ऐश्वर्यमा योग शिविर शुरु

धनगढी । ऐश्वर्य बिद्या निकेतनमा मंगलबार योग शिविर शुरु भएको योग शिविर तीन दिनसम्म सँचालन हुनेछ

आत्मीय एकारुपता शारिरीक एकारुपताका लागि  योगाभ्यास जरुरी रहेकोले योग शिविर सँचालन गरिएको ऐश्वर्य बिद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझाले बताए

आत्मीय शान्ति, निरोगिता तथा स्वस्थ शरिरका लागि योग जरुरी रहेको प्रिन्सिपल ओझाले बताए

शिविरमा शिक्षक, बिद्यार्थी अभिभावक, बिद्यालयका छरछिमेकीहरुको सहभागिता रहेको  शिविरमा   पतञ्जली योग समिति  नेपालका मुख्य प्रभारी लबदेब मिश्रले योगबारे प्रशिक्षण दिइरहेका छन्