धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

चट्याङ लाग्दा बाजुराको भैसी खर्कमा १ को मृत्यु

धनगढी 
  
शुक्रवार राति चट्याङ लाग्दा बाजुरा जिल्लामा भैसी खर्कमा रहेका एक जना बालकको मृत्यु भएको , एक जना घाइते भएका छन् जिल्ल्लाको बुढिनन्दा नगरपालिको वडा १० मा  भैसी खर्कमा रहेका बर्षिया दिपेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए

  बुढिनन्दा नगरपालिको वडा १० कै वासिन्दा बोहरा परिवार सहित खर्कमा गएका थिए चट्याङ लाग्दा ५५ बर्षीय सौरे बोहरा पनि घाइते भएका छन् घाइते बोहरा मृतक दिपेशका ठुलो बुवा हुन्

   पाण्डुसैन अस्ताइ प्रहरी पोष्टबाट प्रहरीको टोली हिडीसके पनि अझै पुगिसकेको छैन घटनास्थल पुग्न करिव घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन्  
 
घाइतेलाई उपचारको लागि लैजान हेलिकोप्टर आउने  तयारी भैरहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए