धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सदस्यका उत्पादनको बजारीकरण गर्न बिशिष्टिकृत सहकारी संघको पहल

सदस्यका उत्पादनको बजारीकरण गर्न बिशिष्टिकृत सहकारी संघको पहल

 

धनगढी । सहकारीका सदस्यहरुका उत्पादनको बजारीकरण गर्नका लागि सुदुरपश्चिम थोक उपभोक्ता बिशिष्टिकृत सहकारी संघले पहल शुरु गरेको थोक बिक्रेताका रुपमा सदस्यहरुका उत्पादन   अत्यावश्यक बस्तुहरु सदस्यहरुलाई सहज रुपमा उपलव्ध गराउने कार्यका लागि संघले आन्तरिक गृहकार्य थालेको

 सहकारीमा आधारित उद्योगको स्थापना गर्नेसदस्यहरुलाई सहज रुपमा अतयावश्क बस्तुहरु उपलव्ध गराउने  उदेश्यले कामको थालनी गरिएको संघका उपाध्यक्ष डम्मर शाहले बताए पहाडका सहकारीका सदस्यहरुका उत्पादन तराई ल्याउँछौं, तराईका सदस्यका उत्पादन अत्यावश्यक बस्तुहरु पहाड पुरयाउने उदेश्य सुदुरपश्चिम थोक उपभोक्ता बिशिष्टिकृत सहकारी संघले आइतबार धनगढीमा आयोजना गरेको व्यावसायिक योजना छनौट सम्वन्धी गोष्ठीमा संघका उपाध्यक्ष  शाहले भने सुपथ मुल्य पसल सञ्चालन गरेर उपभोक्ताहरुलाई सहज रुपमा उपलव्ध गराउँछौं

सहकारीलाई उत्पादनसँग जोडेर आयात प्रतिस्थापनमा सघाउ पुरयाउने, रोजगारी सिर्जना गर्ने   उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरिय बस्तु पलव्ध गराउने लक्ष्य रहेको शाहले बताए

जिल्ला सहकारी संघ कैलालीका उपाध्यक्ष भुपेन्द्र थापाले  संघले उत्पादनमा जोड दिनु पर्ने सुपथ मुल्य पसल सँचालनमा जोड दिनु पर्ने बताए आफ्नो आर्थिक व्यवस्थापकीय क्षमताको मुल्याङकन गर्दै कुनै एउटा उत्पादनबाट काम शुरु गर्न सकिने थापाले बताए पहाडको उत्पादनलाई तराई तराईको उत्पादनलाई पहाडमा पुरयाउन सके पनि राम्रै हुन्छ   थापाले भने काम गर्न सकिने सम्भावना थुप्रै चीजमा संघले गहन अध्ययन गरेर मात्र काम शुरु गर्नु पर्छ

 राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम सुदुरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले बिशिष्टिकृत सहकारीमा आवद्ध सबै व्यक्तिहरु ऋा आप्नो सहकारीमा व्यस्त रहेकाले राम्रो व्यवस्थापकीय टीम बनाएर काम अघि बढाउन आग्रह गरे शुरुमा कुनै सानो कामबाट शुरु गरौं तामाङले भने त्यो सफल भएपछि बिस्तारै अरु काम पनि शुरु गर्नु पर्छ

राष्ट्रिय  सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले उत्पादनमुखी बितरणमुखी बनाउनमा ध्यान दिनु पर्ने बताए योजनाको प्राथमिकीकरण बिषय बिज्ञको छनौट गरेर अघि बढ्दा काम सहज हुने अध्यक्ष उप्रेतीले बताए

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले सहकारीका सदस्यहरुको उत्पादन खरिद गरेर सहज रुपमा बिक्री गर्न सकिने बताए योजनागत रुपमा उत्पादन बजारीकरणको काम अघि बढाउन आवश्यक हुने अध्यक्ष कडेलले बताए

 नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमले  कामको शुरु गर्न अझै छलफल आवश्यक रहेको बताए अध्यक्ष बमले  संघले उत्पादनमुलक काम गर्दा ५१ प्रतिशत शेयर लिन नवजीवन सहकारी तयार रहेको बताए

नेफस्कुनका केन्द्रिय सदस्य माधव जोशीले  सहकारीका उत्पादनको बजारीकरण अहिले आवश्यक रहेको बताए

धनगढी उपमहानगरपालिकाका सहकारी महाशाखा प्रमुख हरिसिंह साउँदले सहकारीहरु सदस्यको हितमा केन्द्रित हुन आवश्यक रहेको बताए

सदस्यहरुका उत्पादनको बजारीकरण आफै पनि उत्पादन गरेर रोजगारी सिर्जना गर्ने उदेश्य रहेको उल्लेख गर्दै अध्यक्ष चन्दले सदस्यहरु  बिज्ञहरुसँग छलफल गरेर योजना छनौट गरिने बताए

संघका महासचिव मनमोहन बिष्टले सँचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य सचिव  प्रेमसिंह भाटले व्यक्त गरेका थिए  

 एक  बर्ष अघि सुदुरपश्चिमका सहकारीहरु मिलेर सुदुरपश्चिम थोक उपभोक्ता बिशिष्टिकृत सहकारी संघको गठन गरिएको हो