निर्माण व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन

निर्माण व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन

धनगढी । निर्माण व्यवसायी संघ कैलालीको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन बुधबार धनगढीमा भएको छ ।
साधारण सभाको निर्माण व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष रवि सिंहले समुदघाटन गरे । सो अवसरमा उनले कोभिड महामारीका कारण निर्माण व्यवसायीहरु मारमा परेको बताए । उनले निर्माण व्यवसायीहरुको हकहितका लागि आफु जहिले लागिरहेको बताए । 
कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्माण व्यवसायीहरुले गुणस्तरिय र छिटो छरितो काम सम्पन्न गर्नुपर्ने बताए । उनले भने –‘ठेक्का लग्ने तर, समयमै काम सम्पन्न नगर्दा निर्माण व्यवसायीहरुले आरोप खेप्नुपरिरहेको छ ।’
कार्यक्रम निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य तेण्डी शेर्पा, केन्द्रीय सदस्य अशोक केसी, पूर्व केन्द्रीय सदस्य भीमबहादुर पाल, पूर्व केन्द्रीय सदस्य हरिप्रसाद भट्ट, महासंघ प्रादेशिक अध्यक्ष चिरञ्जीवी भट्ट, कैलाली जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, निर्माण व्यवसायी संघ कञ्चनपुर अध्यक्ष प्रेमप्रकाश भट्ट, नेपाली काँग्रेकके केशव मिश्र, नेकपा एमालेका चक्र कुँवर, राप्रपाका छत्र शाही, सदस्य रवीन्द्र शाह, हरिप्रसाद भट्टलगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका कार्यवाहक महासचिव विक्रम विष्टले निर्माण व्यवसायी संघ कैलालीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संघीय सरकार एवं प्रदेश सरकारले निर्माण भएका ऐन, कानून व्यवसायीमैत्री बनाउनुपर्ने संघको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनका अनुसार निर्माण व्यवसायी संघ कैलालीमा सात सय २७ जना निर्माण व्यवसायी संघमा आवद्ध रहेको बताए । संघमा क वर्गका ५, ख वर्गका ५, ग वर्गका ४५ र घ वर्गका ६ सय ७२ निर्माण व्यवसायी संघमा आवद्ध रहेको बताए ।
यस्तै समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । शिक्षा क्षेत्रमा धर्मदेव भट्ट, कला संस्कृतिमा डाक्टर टीएन जोशी, दृष्टि फाउण्डेशनका कल्पना भट्ट, लीलाजंग खड्का, जगेन्द्र शाहीलाई सम्मान गरिएको हो । 
यस्तै, लालसिंह ठकुराठी, महेश महरा, हरिप्रसाद भट्ट, भुमेश्वर पन्त, धर्मराज भट्ट, लक्ष्मी भट्ट, सूर्य रावल, ईन्द्रबहादुर पाल, निर्मालादेवी श्रेष्ठ, शेरसिंह खडका, नेत्रबहादुर बस्नेतलाई पनि सम्मान गरिएको थियो । 
यस्तै, निर्माण व्यवसायीमा आवद्ध रहेका जनप्रतिनिधि ललित कुँवर, तेजबहादुर चन्द, वीरेन्द्र भट्ट, कर्ण कुँवर, हरिसिंह धामी, भोजराज बम, गणेशराज गिरी, शिवराज राना, रूपबहादुर कुँवर, मिथुन गौतम, जयप्रकाश मल्ल, डम्मरबहादुर सिंह, विपिन कटुवाललगायतलाई सम्मान गरिएको थियो ।
निर्माण व्यवसायी संघ कैलालीका वरिष्ठ उपाध्यक्ष टेकबहादुर मल्ल स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार सीताराम ओझाले गरेका थिए ।