धनगढी पोष्ट
आइतबार, २२ असार २०७७ मा प्रकाशित
पुर्नवास
कञ्चनपुरको पुर्नवासमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
पुर्नवास नगरपालिका वडा नम्बर ५ का ५० वर्षीया गोपाल कुँवरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले कुँवरका छिमेकी गौरव खड्का शनिवार राती धारिलो हतियार प्रहार गरेर हत्या गरि भागेको बताए ।
उनले हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भईरहेको जानकारी दिए । के कती कारणले हत्या गरियो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले जानकारी दिए ।