धनगढी पोष्ट
शुक्रबार, २४ भदौ २०७९ मा प्रकाशित
धनगढी । निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा टेकबहादुर मल्ल निर्विरोध चयन भएका छन् ।
संघको ११ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीर्घ राज जोशी, महासचिवमा विक्रम विष्ट, उपमहासचिवहरुमा नीतिगततर्फ योगेन्द्र चन्द, आन्तरिकतर्फ अमरबहादुर खड्का चयन भएका छन् ।
सह कोषाध्यक्षमा सिद्धराज भट्ट निर्विरोध चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खड्काले जानकारी दिए ।
प्रथम उपाध्यक्षमा धिरेन्द्र साउँद यसअघि निर्विरोध चयन भइसकेका छन् । निर्वाचन अधिकृत खड्काका अनुसार कोषाध्यक्ष र ६ जना सदस्यको लागि भने निर्वाचन हुने भएको छ ।
सो पदमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन हुने निर्वाचन अधिकृत खड्काले बताए ।