धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
दार्चुलामा बाढी

एकको मृत्यु, दर्जन घरमा क्षति

एकको मृत्यु, दर्जन घरमा क्षति

धनगढी ।  शुक्रबार राति देखि अविरल बर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिकामा वडा नं १ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ । 

घरमाथिबाट खसेको पहिरामा च्यापिएर अन्दाजी १३–१४ बर्षीय मदे ठगुन्नाको मृत्यु भएको मृतकका काका भरत ठगुन्नाले बताए ।

बाढीले सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ । करिब डेढ दर्जन घरहरू बगेका छन् भने लास्कु खोलाको बिचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल सँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको छ। दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ ।