धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

भ्रष्टाचारविरुद्ध ‘कार्टुन’मार्फत प्रदर्शन

भ्रष्टाचारविरुद्ध ‘कार्टुन’मार्फत प्रदर्शन

धनगढी । भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो । नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गरेकी हुन् ।

उद्घाटनका अवसरमा बोल्दै उपसभामुख निर्मलाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताए । कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरुलाई ब्यंग्यात्मक रुपमा सतर्क रहन बनाएको उनले बताए ।

उनले कार्टुनबाट प्रस्तुत विषयले दिर्गकालिन रुपमै प्रभाव पार्ने बताइन । उनले भनिन –‘मानिसले बोलेका विषयले क्षणिक रुपमा असर गर्छ । तर, कार्टुन, चलचित्र लगायतले दिर्गकालिन रुपमै सुधार ल्याउन मद्दत पुगाउँछ ।’ उनले कार्टुन, चलचित्र, नाटक लगायतका कलाले समाजलाई सहि बाटोमा दोहोर्याउन मद्दत पुगाउने गरेको बताइन ।

उनले भ्रष्टाचार सभ्य समाज र विकासको बाधक रहेको बताए । कार्टुनहरुले नेपालको वर्तमान अवस्थालाई कार्टुनमार्फत व्यंग्य गरिएको छ । काटुर्नहरुमा कर्मचारी र मन्त्रीले छोटो समयमा अस्वाभाविक रुपमा सम्पत्ति जोडेको, बिनास्रोत र विनाश्रम रातारात धनी बन्ने प्रवृत्तिलाई तिखो प्रहार रुपमा प्रहार गरिएको छ ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित काटुनिष्ट वासु क्षितिजले संघीयतामा मूलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतनिधि र नागरिकहरुलाई सर्तक बनाउन धनगढीमा निशाना शुरु गरिएको बताए ।

विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरूद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् । प्रदर्शनीमा सहभागीहरुले निशानाले समाजको यर्थाथलाई उत्कृष्ट रुपमा प्रहार गरेको बताएका छन ।

उद्घाटन समारोहमा कार्टुनिष्टका सल्लाहकार अविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, वरिष्ठ पत्रकार चित्रांग थापा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदर्शनी शनिबारसम्म चल्नेछ ।