धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

समैजीमा राजश्व कार्यालयको छापा

धनगढी । कैलालीको धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ ।

धनगढीस्थित समैजी स्टोरमा कर छलिको आशंकामा कार्यालयले छापा मारेको हो । दिउँसो पसलमा छापा मारेपछि कार्यालयले पसलभित्रका सामान र कर कार्यालयमा बुझाएको विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले समैजी स्टोरले कार्यालयमा पेश गरेको कारोबार सम्बन्धी विवरणको तुलनामा भण्डार गरिएको सामान अस्वभाविक देखिएपछि छापा मारिएको जानकारी दिए ।

उनले भने –‘कार्यालयको नियमित अनुगमनका क्रममा पसलमा छापा मारिएको हो । सामान्य मौखिक गुनासो पनि आएको थियो ।’

कार्यालयले पूर्ण विवरण चेकजाँच नभएसम्म पसलमाथि राजस्वको नियन्त्रण रहने जनाएको छ ।

राजस्व कार्यालयका सूचना अधिकारी पौडेलले समैजी स्टोरले स्टकमा राखेको सबै सामानको विवरण संकलन गर्नुपर्ने बताउँदै काम नसकिएसम्म नियन्त्रणमै राख्ने जानकारी दिए ।