धनगढी पोष्ट आइतबार, ०२ कार्तिक २०८२   October 19, 2025

सुरक्षा आवास गृहको प्रतिवेदन सार्वजनिक

सुरक्षा आवास गृहको प्रतिवेदन सार्वजनिक

धनगढी । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपाल धनगढीले सुरक्षा आवास गृहको मासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सन २०२२ जनवरीदेखि जुन (छ महिना)सम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रम संयोजक विन्दु रानाले आवास गृहमा हिँसा प्रभावित महिलाहरुको ३५ वटा घटना दर्ता भएको छ भने १५ जना बालिकालाई गृहमा राखिएको बताईन । 

३५ वटा हिँसा प्रभावितका मुद्धामा २६ वटा घरेलु हिँसा, १७ शाररिक हिँसा गाली गलौजका दुई, मानसिक यातनाका तीन, बहुविवाहका दुई, चारित्रिक आरोप एक, सामाजिक हिँसाका दुई, कुटपीटका एक, यौन हिँसाका आठ, बलात्कारका चार मुद्दा रहेको बताईन ।

केन्द्रले १२ जनालाई कानुनी परामर्श, चार जनालाई कानुनी सहयोग, चार जनालाई प्रसुति उपचार सेवा, १२ जनालाई कपडा सहयोग लगायतका काम गरेको बताइन ।

‘जिल्लामा जवरजस्ती करणीका घटनामा राजनीतिकरण बढ्दै गएको छ’ उनले भनिन –‘अहिले पनि जिल्लाका दुर्गम क्षेत्रमा बलात्कारका घटनालाई संरक्षण गरिने प्रवृति मौलाएको छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, सचिव प्रेम चौधरी, निवर्तमान अध्यक्ष जगत साउद लगायत विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
 


ट्रेन्डिङ