धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

आर्यघाटबाट मानव कंकाल गायब

आर्यघाटबाट मानव कंकाल गायब

धनगढी । कैलालीको गोदावरी आर्यघाटबाट मानव कंकाल गायव भएको छ । बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली गोदावरी आर्यघाट पुग्दा कंकाल फेला नपारेको जनाएको हो ।

बुधबार आर्यघाटमा कंकाल रहेको जानकारी पाएपछि बिहिबार मालाखेतीको टोली जाँदा फेला नपरेको डिएसपी रविन्द्र पाण्डेले बताए ।

उनले घटनास्थलमा बिहानै देखि प्रहरीको टोलीले खोजी गरेपनि मानव कंकाल फेला नपरेको बताए । उनले शव रातीको समयमा जंगली जनावरले खाएको हुन सक्ने प्रतिक्रिया दिए ।

‘बुधबार मलामी गएका स्थानीयले आर्यघाटमा आधा जलेको अवस्थामा मानव कंकाल फेला पारेपछि इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए । तर साँझ परीसकेको हुँदा राति घटनास्थलमा प्रहरी पुग्न सकेन । बिहानै घटना स्थलमा प्रहरी पुगे पनि उक्त स्थानबाट मानव कंकाल गायव भएको हो’ उनले भने ।

डिएसपी पाण्डे सहित गएको टोलीले सो क्षेत्रमा मानव कंकाल फेला नपारेपछि मानव कंकाल कता हरायो भन्ने आशंका स्थानीयले गरेका छन ।