धनगढी पोष्ट
आइतबार, २१ असार २०७७ मा प्रकाशित
धनगढी
घर बनाउन हुने काठका १ सय ४७ पिस सहित अवैध अवैधर रुपमा बोकिरुहेको अवस्थामा प्रयोग कञ्चनपुर कृष्णपुर नगरपालिकाका–२ बाणि स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीले चालक सहित ट्रेक्टर पक्राउ गरेको छ ।
सुदूरपपिश्चम प्रदेश प्रहरी अनुसन्धान समुहको टोलीले ट्याक्टरको ट्रालीमा ग्राभेल भित्र लुकाई छिपाई लगिरहेको अवस्थामा घर बनाउन प्रयोग हुने ढोका र झ्यालको चौखट, झ्यालका पल्ला र भेण्टिलेसन सहित १ सय ४७ पिस बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुहले जनाएको छ ।
ट्याक्टरमा रहेका सामानहरुको आवश्यक कागजात नभएकोले ट्याक्टर चालक कृष्णपुर नगरपालिका वडा नम्बर–२ का अन्दाजी ३५ बर्षे गाणेश प्रसाद अवस्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति र काठ सहित सव डिभिजन वन कार्यालय वाणिमा बुझाइएको प्रहरीले जनाएको छ ।