धनगढी पोष्ट बुधबार, ३० पुष २०८२   January 14, 2026
अछाममा बाढीपहिरो

घरभित्र पुरिएका ४ जनाको शव भेटियो, १२ जना बेपत्ता

घरभित्र पुरिएका ४ जनाको शव भेटियो, १२ जना बेपत्ता

धनगढी । लगातारको वर्षाले अछाममा ठूलो धनजनको क्षति गरेको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको छ। 

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका छन्। कमलबजार –६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले बताए। उनका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ। 

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए। त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दैछ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। 

अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको प्रहरीले बताएको छ।